संवैधानिक आयोगमा नियुक्ति र शपथ रोक्न माग गर्दै सर्वोच्चमा रिट (पूर्ण पाठ सहित )

काठमाडौँ, २० माघ ।
संवैधानिक आयोगमा नियुक्ति एवम् शपथ ग्रहण रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन पेश भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपतिको कार्यालय शीतल निवास, नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विपक्षी बनाएर मंगलबार रिट निवेदन पेश गर्नुभएको हो ।

रिटमा प्रतिषेध,उत्प्रेषण तथा परमादेश लगायत अन्य उपयुक्त आदेशको माग गरिएको छ ।
गएको मंसिर ३० गते विहान ९ः०० बजे संवैधानिक परिषद्को बैठक बोलाइएकोमा गणपूरक संख्या नपुगेपछि सोही दिन पहिलो संशोधन अध्यादेश २०७७ जारी गरि साँझ ५ः०० बजे संवैधानिक परिषद्को बैठक बसी रिक्त रहेका ११ आयोगमा कुल ३८ जना अध्यक्ष एव सदस्यहरुको सिफारिस गर्ने निर्णय गरिएको थियो ।

सवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त तथा आयुक्त पदहरू, निर्वाचन आयोगको आयुक्तहरू, राष्ट्रिय मानव अधिकार आयोगको रिक्त अध्यक्ष र सदस्यहरू, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको रिक्त सदस्यहरू, राष्ट्रिय महिला आयोगको रिक्त अध्यक्ष र सदस्यहरू, राष्ट्रिय दलित आयोगको रिक्त अध्यक्ष र सदस्यहरू, राष्ट्रिय समावेशी आयोगको रिक्त अध्यक्ष र सदस्यहरू, आदिवासी जनजाति आयोगको रिक्त अध्यक्ष र सदस्यहरू, मधेसी आयोगको रिक्त सदस्यहरू, थारू आयोगको रिक्त सदस्यहरू र मुस्लिम आयोगको रिक्त सदस्य पदहरूमा नियुक्तिका सिफारिस गर्ने निर्णय गरेको थियो ।

सिफारिसमा परेका संवैधानिक आयोगहरुका पदाधिकारीहरुको संसदीय सुनुवाइका लागि परिषदले संसद सचिवालयलाई पत्र पठाएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपती विद्यादेवी भण्डारीले संसद विघटन गरेको अवस्थामा संसदीय सुनुवाइ हुन नसक्ने भन्दै प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटाले सो सम्बन्धी पत्र परिषद्लाई फिर्ता पठाउनुभएको थियो ।

You might also like