संवैधानिक निकायहरुमा भएका नियुक्तिको कांग्रेस बरिष्ठ नेता पौडेलद्धारा विरोध

काठमाडौं,२१ माघ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्नुभएको छ ।

विवादका बीच संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्त गर्नुभएको थियो ।

यो कदम सर्वसत्तावाद उन्मुख कदम भएको भन्दै पौडेलले भन्नुभयो, ‘असंवैधानिक अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गरिएको छ, यसको म विरोध गर्छु र प्रतिकार गर्न पार्टी पंक्तिलाई अपील गर्छु ।’

त्यसको विरोध गर्दै नेकपा प्रचण्ड–माधव समूहले भोलि बिहीबार आम हड्ताल घोषणा गरेको छ । कांग्रेस नेता पौडेलले पनि उक्त नियुक्तिको विरोध गर्नुभएको
हो ।

You might also like