महासंघमा सुद्धिकरण अभियान शुरु , ५ हजारको नविकरण रोकियो अध्यक्ष आचार्य

बुटवल २१ माघ
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले महासंघमा सुद्धिकरण अभियान शुरु गरिएको बताउनु भयो । उहाँले सुद्धिकरण अभियान संगै मुलुक भरका ५ हजार निष्कृयको नविकरण नगरिएको समेत बताउनु भयो ।
पत्रकारमहासंघ रुपन्देहीको वार्षिक साधारण सभामा बुधवार वोल्दै अध्यक्ष आचार्यले सरकारले समानुपातिक विज्ञापन नीति जारी गरेकाले नीजी क्षेत्रले त्यसकोसदुपयोग गर्ने गरि प्रदेश र स्थानिय तहले व्यवहारमा कार्यान्वयन गर्न माग गर्नु भयो ।
बुटवलको मिलनचोक स्थित सिद्धार्थ कटेजमा भएको साधारण सभामा बुटवलउपमहानगरपालिकाका मेयर शिवराज सुवेदी तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे लगायतका रुपन्देहीका संघसंस्थाका प्रतिनिधीहरुले शुभकामना प्रदान गर्न भएको थियो ।
रुपन्देही शाखाका अध्यक्ष यानेन्द्र जिसीको सभापतित्वमा भएको कार्यक्रमा सचिव राम प्रसाद आचार्यले संचालन गर्नु भएको थियो भने स्वागत उपाध्यक्ष दिनेश पाण्डेले गर्नु भएको थियो ।
सोही समारोहमा अग्रज पत्रकार नारायण सापकोटाद्धारा स्थापित वातावरण पत्रकारिता पुरस्कार २०७७ वाट पत्रकार लक्ष्मण पौडेललाई सम्मानित गरिएको थियो ।

You might also like