जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, नेता झा घाइते

जनकपुर,२२ माघ ।
प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आह्वान गरेको आमहड्तालका क्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

झडपका क्रममा नेकपा प्रचण्ड–नेपाल पक्षका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन् ।
नेता झाको टाउकोमा चोट लागेको छ ।

प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । झडपका क्रममा केही गाडीमा समेत तोडफोडसमेत भएको छ भने प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

You might also like