आमहड्तालका क्रममा १५७ जना पक्राउ,एक दर्जनबढी घाइते

बुटवल,२२ माघ ।
नेकपा प्रचण्ड–माधव समूहले आयोजना गरेको आमहड्तालका क्रममा प्रहरीले देशभरबाट १५७ जनालाई पक्राउ गरेको छ ।

प्रदर्शनका क्रममा हड्तालको क्रममा काठमाण्डौ उपत्यका सहित देशभरबाट १५७ जना प्रदर्शनकारी पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रवक्ता बसन्त कुँवरले देशभरबाट १५७ जना प्रदर्शनकारी पक्राउ गरेको जानकारी दिनुभयो ।

जसमा ८० जना उपत्यकाबाट पक्राउ परेका हुन् । देशभर ११ वटा तोडफोडका घटना भएको प्रहरीले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा ४ वटा तोडफोडका घटना भएका छन् । आमहड्ताल सफल बनाउन नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपाल पनि उपत्यकाका विभिन्न स्थानमा पुगेका थिए ।
सरकारले संवैधानिक आयोगहरुमा असंवैधानिकरुपमा नियुक्ति गरेको भन्दै नेकपाले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको हो ।

सरकारले संसदीय सुनुवाई विना नै बुधबार संवैधानिक आयोगका पदाधिकारीहरुलाई सपथ गराएको थियो ।

हड्तालको क्रममा विहानैदेखि जिल्ला सदरमुकामहरुमा प्रदर्शन भइरहेका छन् । राजधानीका विभिन्न स्थानमा केन्द्रीय नेताको नेतृत्वमा कार्यकर्ताहरु उत्रिएका छन् ।

You might also like