२४ घण्टामा थप १७१ कोरोना संक्रमण,२२७ जना डिस्चार्ज

काठमाडौं,२२ माघ ।
नेपालमा बिहीबार थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ८७८ जनाको पिसिआर परीक्षण गर्दा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २२७ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

यससँगै नेपालमा २ लाख ६७ हजार २९२ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा हालसम्म २ हजार ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर २ हजार २७७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको
छ ।

जसमध्ये ६१ जना आइसियु र १४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ९२ जना क्वारेन्टाइनमा रहेका छन् ।

You might also like