पत्रकारहरुका संघ संस्थामा क्रियाशिल र व्यवसायीक व्यक्तिले नेतृत्व लिनु पर्छ : महासचिव सिवाकोटी

बुटवल २३ माघ
नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले पत्रकारहरुका संघ संस्थामा क्रियाशिल र व्यवसायीक व्यक्तिले नेतृत्व समाल्नु पर्नेमा जोड दिनु भयो । महासचिव सिवाकोटीले नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन जस्ता संस्थामा क्रियाशिल र व्यवसायीक पत्रकारलाई नेतृत्वमा लैजानु पर्ने बताउनु भयो । रिपोट्र्स क्लव लुम्बिनी प्रदेशले शुक्रवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा वोल्दै महासचिव सिवाकोटीले नेपाली पत्रकारहरुका तमाम समस्या क्रिर्याशिल र व्यवसायीक पत्रकारले मात्र बुझने र समाधानका लागि सहज हुने पनि बताउनु भयो । उहाँले नेपाल प्रेस युनियनको बर्दीयामा भएकोले बैठकले युनियनकोमहाधिवेशन आउदो जेठको १३ र १४ गते गर्ने निर्णय गरेको पनि बताउनु भयो ।
प्रेस युनियनको नेतृत्व लिनका लागि आफु तयार र योग्य रहेको खुलासा समेत सिवाकोटीले गर्नु भयो । उहाँले प्रधान मन्त्री ओलीले संसद विघटन गरेको असंबैधानिक रहेको भन्दै असंबैधानिक काम गर्नेको पक्षमा लाग्ने पत्रकार समुहसंग चुनावी एकता नहुने बताउनु भयो । उहाँले पत्रकार महासंघको चुनावका लागि अन्य समुहसंग वार्ता गर्न समिति समेत बर्दीया बैठकले गरेको बताउनु भयो । मुलुकको विसम परिस्थितीमा प्रेस युनियनको चुनाव हुन्छ त भन्ने जिज्ञासामा उहाँले सहज वातावरण भएमात्र निर्वाचन हुने धारणा राख्नु भयो ।
रिपोट्र्स क्लव लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कपिल ज्ञवालीले संचालन गर्नु भएको थियो ।

You might also like