२ हजार ७९९ परीक्षण गर्दा १०५ जनामा कोरोना पुष्टि

काठमाडौँ,२३ माघ ।
नेपालमा शुक्रबार थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा २ हजार ७९९ परीक्षण गर्दा १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप २७२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म २ लाख ६७ हजार ५६४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।। त्यस्तै पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार १०८ छ भने ९२ जना क्वारेन्टाइनमा रहेका छन् ।

You might also like