प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसका शुभेच्छुक संस्थाहरुद्धारा बुटवल लगायत देशभर प्रदर्शन

बुटवल,२४ माघ ।
प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले शनिबार देशभर प्रदर्शन गरेका छन् ।

नेपाली कांग्रेसले तय गरेको आन्दोलनका कार्यक्रम अनुसार संघ संस्थाहरु ट्रेड युनियन कांग्रेस, शिक्षक संघ,प्रेस युनियन लगायत १८ शुभेच्छुक संस्थाले सबै जिल्लामा सरकार विरुद्ध प्रदर्शन गरेका हुन् ।
जस अनुसार रुपन्देहीको बुटवलमा पनि प्रदर्शन भएको हो ।

शुभेच्छुक संस्थाका नेता कार्याकर्ताले राजमार्ग चौराहदेखी मिलनचोक सम्म सडकको एकापट्टीको लेनमा मुखमा कालो मास्क र कालो पट्टी बाधेर प्ले कार्ड र व्यानर सहित प्रदर्शन गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाली कांग्रेस,नेकपा प्रचण्ड(नेपाल समूह लगायतका दलहरू विरोध प्रदर्शन गर्दै आएका छन् ।
प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै आन्दोलित कांग्रेसको तेस्रो चरण आन्दोलन गरिरहेको छ ।

नेपाली कांग्रेसले यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ मा विभिन्न तहमा विरोध कार्यक्रम गरेको थियो ।

कांग्रेसले यसपछि फागुन ३ गते ७७ जिल्लामै पार्टीको जिल्ला कार्यसमितिको नेतृत्वमा एकैसाथ सशक्त प्रदर्शनको कार्यक्रम तय गरेको छ ।

You might also like