राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको भेट्रान्समा पाल्पा र खुल्लामा पोखरा विजेता

बुटवल २५ माघ
बुटवलमा भएको राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा विश्वास नेपाल र गणेश रायमाझीको जोडीलाई २–१ को सेटमा पराजित गर्दै पोखराका बिशाल खड्का र विधान अधिकारीको जोडीले तेस्रो लाफा खुल्ला पुरुष डबल व्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधि चुमेका छन ।
लाफा समूह बुटवलको आयोजनामा भएको प्रतियोगिताको उपाधिसंगै खड्का र अधिकारीको जोडीले नगद ५५ हजार ५ सय ५५, कप, मेडल प्रमाणपत्रबाट पुरस्कृत भएका छन । बुटवलका नेपाल र रायमाझीको जोडी नगद ४१ हजार ५ सय ५५ रुपैया, कम, मेडल, प्रमाणपत्रमा चित्त बुझाएका छन । खुल्लातर्फ पोखराका विशाल बस्नेत र प्रनिश सिह ठकुरीको जोडी तथा लाफा समुहका सुशील गिरि र विबेक न्यौपानेको जोडी तेस्रो हुँदै नगद ३१ हजार ५ सय ५५ रुपैया, कप, मेडल प्रमाणपत्रबाट पुरस्कृत भएका छन ।
भेट्रान्सतर्फको खेलमा पाल्पाका वसन्त बज्राचार्य र महेश बज्राचार्यको जोडीले उपाधि हात पारेका छन । फाईनल खेलमा गुल्मीका नवराज श्रेष्ठ र कृष्ण रानाको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै पाल्पाका बज्राचार्यको जोडी विजयी हुँदै नगद २५ हजार ५ सय ५५, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका हुन । उपविजेता गुल्मीका श्रेष्ठ र रानाको जोडी नगद १५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । भेट्रान्सतर्फ बुटवलका गोपाल टण्डन र अर्जुन कार्की तथा शंकरनगरका पुरन गाहा र सुरज गुुुुरुङ तेस्रो हुदै नगद १० हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए ।
प्रतियोगितामा गुल्मीका मनोज फौदार उदयमान खेलाडी, दाङका हिमान्शु कवर उत्कृष्ट खेलाडी, बुर्तिवाङका जेनिस शेरचन अनुसाशित खेलाडी घोषित हुदै नगद, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए ।
एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष भिम बहादुर श्रेष्ठ, लाफा समुहका अध्यक्ष तारा रेश्मीमगर, बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका कोषाध्यक्ष स्वस्तिक श्रेष्ठ, क्लबका संरक्षक बासुदेव लामिछाने, सल्लाहकार केशव राना, सल्लाहकार देवेन्द्र थापाले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो ।
खुलातर्फ ५८ र भेट्रान्स तर्फ २८ टिमले प्रतिस्पर्धा गरेका थिए ।

You might also like