उद्यमशिलता विकास र रोजगारी अभिबृद्धिका लागि रुपन्देही उद्योग संघले १६ वटै स्थानीय तहसंग सहकार्य गर्ने

बुटवल, २५ माघ
रुपन्देही उ्रद्योग संघले औद्योगिक विकास सम्बन्धमा सियारी गाउँपालिकासँग समन्वय गर्ने गरि अभियान थालेकोे छ । संघको आयोजनामा “औद्योगिक विकासमा स्थानीय सरकारको भूमिका” विषयक अन्तरक्रिया सियारी गाउँपालिकाको कार्यालयमा सम्पन्न भएको छ ।
संघका अध्यक्ष बावुराम बोहोराले स्थानीय श्रोत र साधनको परिचालन गरी उद्यमशिलता विकास, रोजगारी अभिबृद्धि र व्यवसायिक विकासलाई तिव्रता दिने उद्देश्यका साथ संघले जिल्लाका १६ वटै स्थानीय तहसँग छलफल अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको बताउनु भएको थियो । अध्यक्ष बोहोराले कृषिको व्यवसायिकरण पर्यटन प्रवद्र्धन र उ्रत्पादनशिल बृद्धिका लागि स्थानीय सरकार र निजी क्षेत्रको सहकार्य हुनुपर्ने बताउनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं सियारी गाउँपालिकाका प्रमुख थारुले सियारी गाउँपालिकाको कृषि, पर्यटन र उत्पादनसँगै रोजगारी अभिबृद्धिका लागि गरिरहेको गतिविधिबारे जानकारी गराउँदै उद्यमीहरुलाई सियारी गाउँपालिकाले गर्नुपर्ने सहजीकरण गर्न सधै तयार रहेको बताउनु भएको थियो । उहाँँले सियारी गाउँपालिकामा कृषि, पर्यटन र दुधजन्य पदार्थको उल्लेख्य सम्भावना रहेको समेत बताउनु भएको थियो ।
कार्य क्रममा संघका निवर्तमान अध्यक्ष गणेश प्रसाद अधिकारीले संघले थालनी गरेको अभियानले उद्यमशिलता विकासमा टेवा पुग्ने बताउनु भयोे ।
सियारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिन प्रसाद भट्टराईले गाउँपालिकाले औद्योगिक विकासका सन्दर्भमा तयार गरेका नीतिगत व्यवस्थाहरुबारे जानकारी गराउनु हुँदै सहज र सरल रुपमा उद्योग संचालनको वातावरण तयार गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा सियारी गाउँपालिकाका उप प्रमुख अमृत गुरुङ्ग, वडा नं. ६ का अध्यक्ष शेर बहादुर गुरुङ्ग लगायतले मन्तव्य व्यक्त गर्नु भएको संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले बताउनु भयो ।

You might also like