२४ घण्टामा थप १३० जनामा कोरोना संक्रमण, १९४ जना डिस्चार्ज

काठमाडौं,२६ माघ ।
नेपालमा सोमबार थप १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ३३३ जनाको पिसिआर परीक्षण गर्दा ६९ पुरुष र ६० महिला गरी १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये ४५ जना काठमाडौंका, १८ जना कास्कीका, बाँकेका १२ जना तथा चितवन र ललितपुरका ११÷११ जना रहेका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १९४ जना कोरोना संक्रमित निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म २ लाख ६८ हजार २६६ जना कोरोना संक्रमित निको भएका छन् भने २०४५ जनाको मृत्यु भएको छ ।

हाल देशभर १ हजार ७४४ जना आइसोलेसनमा उपचाररत छन् । जसमध्ये काठमाडौं उपत्यकाका मात्रै १ हजार १२० रहेका छन् ।

You might also like