उत्तराखण्ड हिमनदी विस्फोट ः मृत्यु हुनेको संख्या २६ पुग्यो, १७१ जना अझै बेपत्ता

काठमाण्डौ,२७ माघ ।
भारतको उत्तराखण्डमा हिमनदी विस्फोट पछि गएको बाढीमा परेर मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

बाढीमा परेर बेपत्ता भएकामध्ये अहिलेसम्म २६ जनाको शव भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार बाढीमा परेर अझै १७१ जना बेपत्ता रहेका छन् । यस्तै निर्माण भइरहेको सुरुङमा ३० देखि ३५ जना फसेको आशंकामा उद्धारको प्रयास भइरहेको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतलाई उदृत गद भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सुरुङलाई रातभरि खोल्ने प्रयास गरिए पनि कसैसँग पनि सम्पर्क हुन नसकेको समाचारमा जनाइएको छ ।

You might also like