२४ घण्टामा देशभर १६० जनामा कोरोना संक्रमण, १६५ जना डिस्चार्ज

काठमाण्डौ,२७ माघ ।
नेपालमा मंगलबार थप एक सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ४ हजार ३०९ जनाको पिसिआर परीक्षण गर्दा १६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७२ हजार दुई सय १५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १६५ जना कोरोना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म दुई लाख ६८ हजार चार सय ३१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा हालसम्म दुई हजार ४७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर एक हजार सात सय ३७ जना सक्रिय संक्रमित रहेका छन् ।

You might also like