रुपन्देहीमा गुरुङ,कपिलवस्तुमा पन्थी र गुल्मीमा सापकोटा प्रचण्ड नेपाल पक्षका अध्यक्ष चयन

बुटवल २७ माघ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रमा विभाजन आएसँगै जिल्ला हुँदै स्थानीय तहसम्म एकले अर्को पक्षलाई कारवाही गर्ने, निष्कासन गर्ने र पुनर्गठन गर्ने कार्यले तिब्रता पाएको छ ।
नेकपाको रुपन्देही जिल्ला कमिटीका अध्यक्ष एवं बुटवल उपमहानगर पालिकाका मेयर शिवराज सुबेदी ओली पक्षको नेकपामा लागेपछि प्रचण्ड नेपाल पक्षले पार्टीका जिल्ला अध्यक्ष शिवराज सुवेदीलाई हटाएर राजुु गुरुङलाई अध्यक्ष बनाएको छ । कपिलबस्तु जिल्लामा अध्यक्षमा प्रदेशसभा सदस्य विष्णु पन्थीलाई चयन गर्न सिफारिस गरिएको छ ।
यस अघि अध्यक्ष रहनु भएका झवि पोखरेल केपीओली समुहमा लागेको भन्दै उहाँलाई हटाएर प्रदेश सदस्य पन्थीलाई अध्यक्षमा चयन गरेको माधव प्रचण्ड समुहले जनाएको छ ।
गुल्मी जिल्ला अध्यक्षमा सोमनाथ सापकोटालाई जिल्ला अध्यक्षमा चयन गदै केन्द्रमा सिफारिश गरिएको सो पार्टीले जनाएको छ ।
यस अघि नेकपा अध्यक्ष मधुकृष्ण पन्त केपीओली पक्षमा लागेको भन्दै उहाँलाई हटाएर मुसिकोट नगरपालिकाका मेयर समेत रहनु भएका सापकोटालाई अध्यक्षमा सिफारिस गरेको छ ।
प्रचण्ड नेपाल पक्षको कार्यकर्ताहरुको जिल्ला जिल्लामा भएको भेलाले रुपन्देहीका सुबेदीलाई हटाएर युवा संघ नेपालका पुर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका गुरुङलाई अध्यक्ष बनाएको हो ।

You might also like