निर्वाचन विप्लव समुह, अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धमा लुम्बिनी प्रदेशका सुरक्षा प्रमुखको सामुहिक छलफल

बुटवल २८ माघ
लुम्बिनी प्रदेशका सुरक्षा प्रमुखहरुको बुधवार दाङमा अगामी निर्वाचन विप्लव समुह, अपराध अनुसन्धान तथा नियन्त्रणका बारेमा सामुहिक छलफल भएको छ ।
सरकारले घोषणा गरेको निर्वाचन सुरक्षा व्यवस्थापन, प्रतिबन्धित विप्लव समुहबाट हुन सक्ने संभावित जोखिम न्युनिकरण अपराध अनुसन्धान तथा नियन्त्रणका लागी सुचना आदान प्रदान समन्वयात्मक भुमिकाको बारेमा छलफल भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र बहादुर धानुकले बताउनु भयो ।
लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठि तथा अन्तरक्रिया कार्यक्रममा मध्यपश्चिम पृतना हेडक्वाटर, बुटवलका पृतनापति उपरथी संजय थापा, प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र बहादुर धानुक, बिन्दबासनी वाहिनी कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान लुम्बिनी प्रदेशका अनुसन्धान निर्देशक सुनिल कुमार ढकालको सहभागिता रहेका थियो ।
छलफलमा नं १९ र नं. २२ बाहिनीका नि. बाहिनीपतिहरुको समेत उपस्थिती रहेको थियो ।

You might also like