सिद्धार्थ फोर्स मोटर्स र माछापुच्छे्र बैंक बीच कार्यगत सम्झौता

बुटवल २९ माघ
माछापुच्छे्र बैंक लिमिटेड र फोर्स मोटर्सको आधिकारीक बिक्रेता सिद्धार्थ विश्वज्योति मल्टिप्रपोज कंम्पनी प्रा.लिका बिच सम्झौता भएको छ ।
फोर्स मोटर्सका ग्राहकहरुले फोर्स मोटर्सले नेपाली बजारमा बिक्रि गर्दै आएका बिभिन्न सेग्मेन्टका सवारीहरुको खरिदमा माछापुच्छ्रे बैंक लि.ले सहुलियत दरमा सरल तथा छिटो छरितो रुपमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
सम्झौता पत्रमा सिद्धार्थ फोर्स मोटर्सको तर्फबाट संस्थाका अध्यक्ष दिनेश मान अमात्य र निर्देशक प्रविन कुमार भारी तथा माछापुच्छे्र बैंक को तर्फ बाट बैंकका लुम्बिनी प्रदेश प्रमूख उज्जवल पाण्डेले हस्ताक्षर गर्नु भएको हो ।
पछिल्लो समय फोर्स ब्राण्डको ट्याक्स कु्रजर जिपले राम्रो मार्केट लिएको छ ।
यो कर्मशियल भाडा जिप अन्र्तगत सबैभन्दा धेरै सिट क्षमता भएको सवारी साधन हो।
पिकअप सेग्मेन्टमा कार्गो किंग तथा प्यासेन्जर मिनि सवारी अन्र्तगत र टि वान तथा टि टु समेत राम्रो मानिएका सवारी हुन यी सवारी टुरिजम क्षेत्रमा सबैभन्दा बढि प्रयोगमा आएका सवारी हुन ।
लामो समयको वारेन्टि र देश भरिका बिभिन्न प्रमुख शहरमा सर्वसुलभ रुपमा स्पेयर्स पाटर्स तथा अनुभवि मेकानिक रहेकोले पनि फोर्स मोटर्सको बजार राम्रो रहेको बताईएको छ ।

You might also like