प्रधानमन्त्री ओलीकै शैलीमा मुख्यमन्त्री पोखरेलको दाबीे ःसंसद विघटनको पक्षमा कति जनसर्मथन छ बुटवलको सभाबाट देखाउँछौं

बुटवल,२९ माघ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका ओली समुहका लुम्बिनी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले प्रतिनिधिसभा विघटनको पक्षमा कति जनता छन् भन्ने सन्देश फागुन १ गते बुटवलमा हुने सभाबाट देखाइदिने बताउनुभएको छ ।

प्रतिनिधिसभा विघटनको विषयलाई लिएर जनतामा भ्रम फैलाउने काम भएको भन्दै मुख्यमन्त्री पोखरेलले उक्त कदमको पक्षमा कति जनता छन् भन्ने बुटवलको सभाबाट देखाइदिने बताउनुभयो ।

नेकपा ओली समूहले फागुन १ गते बुटवलमा गर्न लागेको सभाबारे जानकारी दिन बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पोखरेलले बुटवलको सभा अहिलेसम्मकै ठुलो र ऐतिहासिक हुने दाबी समेत गर्नुभयोे । सभामा २ लाख मानिस उपस्थित हुने दाबी गर्दै मुख्यमन्त्री पोखरेलले रुपन्देही जिल्लाबाट मात्रै १ लाख र अन्य जिल्लाबाट १ लाख जनता सहभागि गराउने बताउनुभयो ।

बुटवलमा हुने जनसभा र जनप्रदर्शनले राष्ट्रलाई एउटा सन्देश दिदै आएको स्मरण गदै पोखरेलले फागुन १ को सभाबाट पनि संसद विघटनको पक्षमा ठुलो जनसमर्थन छ भन्ने सन्देश दिने दाबी गर्नुभयो ।
प्रधानमन्त्री केपी ओलीकै शैलीमा मुख्यमन्त्री पोखरेलले भन्नुभयो ‘जनताको समर्थन र जनताको अपेक्षा के छ भन्ने बारे बुटवलको माध्यमबाट राष्ट्रलाई सुनाउन चाहान्छौं, देखाउन चाहान्छौ’ ‘जनपरिचालन कस्तो हुन्छ । जनपरिचालन कस्तो हुँदो रहेछ त्यो पनि बुटवलबाट देखाउछौं ।’

पोखरेलले प्रतिनिधि सभा विघटन विवादको विषय नभएर पार्टी भित्रको विबादको परिणाम भएको दाबी गर्नुभयो ।‘

You might also like