स्टार लेवलका होटलले दिने सेवा दिने गरि रुपन्देहीको भलवाडीमा १७ करोडमा हिडन प्यालेस

बुटवल २९ माघ
रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ स्थित भलवारीमा १७ करोड बढीको लगानीमा तयार भएको सुबिधा सम्पन्न हिडन प्यालेस प्रा.लिले सेवा शुरु गरेको छ । स्टार लेवलका होटलले दिन सेवा सुविधा दिने गरि हिडन प्यालेस संचालन गरिएको आयोजकले दावि गरेका छन ।
विहिवार पत्रकार सम्मेलन गरि मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको होटल तथा पर्यटन व्यवसायबाट मुलुकलाई समृद्धितर्फ अगाडि बढाउने सरकारी लक्ष्यलाई सार्थक बनाउन हिडन प्यालेस संचालनमा ल्याएको प्रालिका कार्यकारी अध्यक्ष भुवन शर्मा खनालले बताउनु भयो ।
भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने र लुम्बिनी आउने विभिन्न मुलुकका पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याइएको खनालले बताउनु भयो ।
पहिलो चरणमा ३४ वटा कोठा, अल डे डाइनिङ रेष्टुरेण्ट, सेमीनार हल बनाइएको प्रा.लि.का अध्यक्ष अन्जु शर्मा खनालले बताउनु भयो । आउँदो वैशाखसम्म ३६० भ्यु बार हाउस (डोम) व्याङक्ुवीट हल, सुइमिङ्ग पुल, बेकरीतर्फ (पाउरोटी पसल) लगायतका संरचना निर्माण गर्ने प्रा.लि.ले लक्ष्य लिएको छ ।
आगामी वर्षभित्र हेल्थ क्लब, जिम हाउस, फनफार्क लगाएतका संरचना बनाउने लक्ष्यका साथ काम अगाडि बढाइएको उहाँले बताउनु भयो ।
विहिवार देखि सफ्ट ओपनिङ गरेको यो होटल वैशाख १ ग्राण्ड ओपनिङ गर्ने तयारी गरेका छौ, यस हिडन प्यालेसमा ३४ ओटा कोठामध्ये २ वटा डिलक्स जुनियर स्वीट रुम, ९ वटा क्वीन बेड र २३ वटा टु वीन बेड रहेका छन् ।
होटलमा अधिंकाश नेपाली उत्पादन प्रयोग गरेका छौ, जस्तै हामीले प्रयोग गरेका कुर्सी, टेबल स्थानीय आवास स्टीलले तयार गरेका उत्पादन हुन् त्यस्तै होटलमा नेपालकै पुरानो नेपाल कफी कम्पनीको कफी प्रयोग गरेका छौं, उहाँको कथन रहेको छ । साइन रेसुङ्गा बैंकले होटललाई सहयोग गरेको प्रा.लि.का प्रबन्ध निर्देशक आभुषण खनालले बताउनु भयो । होटलले ३७ जनालाई रोजगारी दिएको र आगामी दिनमा ५० जना बढीलाई रोजगारीको अवसर दिने लक्ष्यमा रहेको छ ।

You might also like