‘लुम्बिनीको कफिलाई ब्रान्ड्रीङ्ग गर्न प्रदेश सरकारले सघाउँछ’–मन्त्री पौडेल
बुटवल, २९ माघ ।
लुम्बिनी प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कफिको ब्रान्ड्रीङ्ग गर्ने कार्यमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएके छ ।
कफि विकास बोर्डको आयोजनामा बिहीबार बुटवलमा आयोजित ‘बोर्ड, प्रदेश सरकार र स्थानय तह’ विचको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले प्रदेशको गुल्मी, पाल्पा, प्यूठान, अघार्खाखाँची लगायतका जिल्लामा उत्पादन हुदै आएको कफि लाई प्रदेशको छुट्टै ब्राण्ड बनाउने कार्यमा प्रदेश सरकारले सघाउने प्रतिवद्धता जनाउनुभएको हो ।
नेपालकै पहिलो कफि उत्पादन रहेको जिल्ला गुल्मी को कफि लाई विश्वव्यापीरुपमा अगाडी बढाउने गरी एउटा नाम र ब्रान्डको रुपमा उत्पादन गर्नुपर्ने भन्दै उहाँले यसको लागि प्रदेश सरकार जहिले पनि सकारात्मक रहेको बताउनुभयो ।
किसानहरुको हितको लागि प्रदेश सरकार जहिले पनि सकारत्मक रहेको भन्दै उहाँले कफि किसानहरुको हितको लागि पनि प्रदेश सरकार सकारत्मक रहेको बताउनुभयो ।
उहाँले अव स सानो क्षेत्रमा कफि खेती गर्नुृभन्दा पनि चाक्लाबन्दी गरी खेती विस्तार गर्नुको विकल्प नभएको भन्दै उहाँले चक्लाबन्दी र समुहिक उत्पादनमा किसानहरुले जोेड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय चिया कफि विकास बोर्डका अध्यक्ष डा. विष्णु प्रसाद भट्राईले चियाको उद्गम स्थल गुल्मी र लुम्बिनी प्रदेशलाई नमुना बनाउने गरी काम गर्ने योजना रहेको बताउनुभयो ।
प्रदेश योजना आयोगका सदस्य पुष्पा भुषाल, जिल्ला संमन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्मा, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवती रमण पौडेल लगायतले प्रदेशमा कफि उत्पादन बृद्धि र बजारीकरणबारे आ आफ्नो भनाई राखेको कृषि विकास निर्देशनालय बुटवलका प्रमुख याम नारायण देवकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा अर्घाखाँची सितगंगा नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारी,मुसीकोट नगरपालिका गुल्मीका प्रमुख सोमनाथ सापकोटा,सत्यवती गाउपालिका गुल्मीका अध्यक्ष पारेश्वर ढकाल,जिल्ला सहकारी संघ गुल्मीका युवराज आचार्य,कफि कृषक भास्कर ज्ञवालीले राज्यले कृषकका लागि विनियोजन गरेको रकम वास्तविक किशानसम्म पुग्न नसकेको भन्दै किशानलाई प्रत्यक्ष फाइदा पुग्ने योजना ल्याउनुपर्नेमा जोड दिएका थिए ।