२४ घण्टामा ८१ जनामा कोरोना संक्रमण,१११ जना डिस्चार्ज

काठमाण्डौ,२९ माघ ।
नेपालमा बिहीबार थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार २३ जनाको पीसीआर परीक्षण गर्दा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म दुई लाख ७२ हजार चार सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप एक सय ११ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

यससँगै नेपालमा दुई लाख ६८ हजार ६ सय ६० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर थप पाँच जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ५२ पुगेको छ ।

अहिले आइसोलेशनमा रहनेको संख्या एक हजार सात सय १८ रहेको छ ।

You might also like