सोनाम ल्होसारको अवसरमा बुटवलमा शुभकामना आदान–प्रदान

बुटवल,३० माघ ।
२८५७ औं सोनाम ल्होसार नेपाल तामाङ घेदुङ बुटवल उपमहानगर समितिले बुटवलमा बिबिध कार्यक्रम गरी मनाएको छ ।

नेपाल तामाङ घेदुङ बुटवल उपमहानगर समितिले शुक्रबार बुटवलको बुद्धनगर स्थित गुम्बामा पुजा पाठ गर्नुका साथै शुभकामना आदान–प्रदान गरेर मनाएको हो ।

घेदुङ बुटवल उपमहानगर समितिका अध्यक्ष सम्भु मोक्तानको सभापतित्व र बुटवल उपमहानगरपालिकाका सदस्य नहकुल शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै शाहीले गुम्बाको निर्माणाधिन भवनको बाँकी कामका लागि आफुले जिम्मा लिने प्रतिवद्धता जनाए ।

नेपाल तामाङ घेदुङ रुपन्देहीका पुर्व अध्यक्ष बीर बहादुर लामाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ लुम्बिनी प्रदेश इन्चार्ज बीरमान लामा,जिल्ला अध्यक्ष कृष्ण मोक्तान,दीपक लामा लगायतले शुभकामना मन्तब्य व्यक्त गर्दै थोरै जनसंख्यामा रहेका तामाङ समुदायको कला,संस्कृति र भाषा भाषिको संरक्षण गर्न सके पर्यटकीय विकासमा टेवा पुग्ने बताए ।

तामाङ समुदायको भाषा,संस्कार र संस्कृती संरक्षणका लागि तामाङ समुदाय एकजुट हुनुपर्नेमा जोड दिदै उनिहरुले संगठित रुपमा आवाज उठाउन सके राज्यले तामाङ समुदायको हक हितको पक्षमा काम गर्न दवाव पुग्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा गुम्बामा पुजा पाठ गर्नुका साथै बिबिध सास्कृतिक कार्यक्रम समेत गरिएको थियो ।

कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै नेपाल तामाङ घेदुङ रुपन्देहीले यस बर्षको सोनाम ल्होसार एकै ठाउँमा नमनाएर छुट्टा छुट्टै इकाइहरुमा मनाउन लागिएको घेदुङका रुपन्देही अध्यक्ष कृष्ण मोक्तानले जानकारी दिए ।

You might also like