नारायण पौडेलको अध्यक्षतामा कोरोगेटेट बक्स उत्पादक संघ लुम्बिनी प्रदेश समिति चयन

बुटवल १ फागुन
अधिकार प्राप्ती र उत्पादनको उचित मुल्य लिने उद्देश्यले कोरोगेटेट बक्स उत्पादक संघको लुम्बिनी प्रदेश समिति चयन गरिएको छ ।
नारायण प्रसाद पौडेलको अध्यक्षतामा १३ सदस्य प्रदेश समिति चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा सूर्य न्यौपाने, महासचिवमा अमृत गौतम,कोषाध्यक्षमा रोशन लम्साल,र सहकोषाध्यक्षमा शेष कान्त्त अर्याल चयन हुनु भएको महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुक्रितराज पराजुलीले बताउनु भयो ।
समितिको मजदुर क्षेत्र हेर्ने गरि अर्जुन पौडेल, प्रविधीतर्फ अजय चौधरी कानुनी परामर्शका लागि सुरेन्द्र धिताल, आर्थिक क्षेत्र हेने गरि दिनानाथ ज्ञवाली र वजार र उत्पादन क्षेत्र हेर्ने गरि विष्णु भण्डारी मानसंिह भण्डारी र केदार प्रसाद खनाल सदस्यमा चयन हुनु भएको छ । त्यस अघि व्यवसायीको भेलाले कोरोगेटेट बक्स व्यवसायीहरु ठुला उद्योगी तथा व्यापारीवाट मारमा परेको गुनासो राखेका थिए ।
उनिहरुले ५ वर्षदेखि उत्पादित वस्तुको मुल्य यर्थावत रहेको तर कच्चा पदार्थको मुल्य महिना महिनामा बृद्धि हुने गरेकाले सोको नियन्त्रणका लागि प्रदेश समिति गठन गरि व्यवसायीहरु संगठित हुन जरुरी रहेको भेलामा औल्याईएको थियो । समितिको सल्लाहकारमा संजय लम्साल चयन हुनु भएको छ ।

You might also like