नेकपा प्रचण्ड–माधव समूहद्धारा चौथो चरणको आन्दोलन ः टुँडिखेल घेर्नेदेखि महिला हिंसाविरुद्धका कार्यक्रमसम्म

काठमाण्डौ,२ फागुन ।
प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले चौथो चरणको विरोध कार्यक्रम घोषणा गरेको छ । नेकपा प्रचण्ड–माधव समूहले आइतबार पत्रकार सम्मेलन गरेर चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

आन्दोलनका कार्यक्रमअनुसार आउँदो बुधबारदेखि १२ गतेसम्म जिल्लामा विरोध प्रदर्शन हुने छ । यस्तै बिहीवार काठमाण्डौको टुँडिखेल वरपर मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम रहेको समुहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

समूहले फागुन ७ गते पालिकाको वडास्तरमा विरोध कार्यक्रम, ८ गते काठमाण्डौमा प्रतिगमनविरुद्ध अन्तरक्रिया, ९ गते प्रतिगमन र महिला हिंसाका घटनाविरुद्ध देशव्यापी विरोधलगायतका कार्यक्रम छन् ।

त्यस्तै १२ गते चितवनमा र २१ फागुनमा दाङमा ठूलो विरोध सभा हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

You might also like