स्थापना दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाद्धारा विविध खेलकुद प्रतियोगिता आयोजना
बुटवल,२ फागुन ।
६२ औं स्थापना दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाले विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरेको छ ।
स्थापना दिवसको अवसरमा आयोजित भलिवल प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्नुभयो ।
नगर खेलकुद विकास समितिका अध्यक्ष संयोजक नन्द बहादुर काउछाको सभापतित्व र नगर प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपमहानगरपालिका उप प्रमुख गुमादेवी आचार्य,प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनाल,नगर खेलकुद विकास समिति अन्तर्गत भलिवल संयोजक नवीन थापा सारु लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन प्रेम बहादुर बस्नेतले गर्नुभएको थियो ।
भलिवल प्रतियोगितामा उपमहानगर पालिका अन्तर्गतका सात महाशाखाहरु र जनप्रतिनिधिहरुको टोली सहभागि रहेको नगर खेलकुद विकास समितिले जनाएको छ ।
भलिवल सहित घैटोफोड,सटपुट,म्युजिकल चेयर तातो आलु पुरुष÷महिला प्रतियोगिता आयोजना गरिएको छ ।