निर्वाचन कार्यतालिका सार्वजनिक नगरेकोमा आयोगप्रति देउवाको आक्रोसित ः चुनाव गराउनेमा आयोगप्रति आशंका

वुटबल,३ फागुन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन कार्यक्रम अगाडी नबढाएको भन्दै निर्वाचन आयोगको आलोचना गर्नुभएको छ ।

सरकारले वैशाखमै चुनाव हुने दाबी गर्दै आए पनि निर्वाचन आयोगले निर्वाचन सम्बन्धी कार्यक्रम अगाडी नबढाउनुले आयोगप्रति शंका गर्नुपर्ने अवस्था आएको देउवाको भनाई छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा सोमबार रुपन्देहीको भैरहवामा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले निर्वाचन आयोग चुनाव गराउन तयार छ की छैन भनि प्रश्न गर्नुभएको हो ।
उहाँले अघि भन्नुभयो, ‘ओलीले वैशाखमा चुनाव गराउँछु भनेका छन् । निर्वाचन आयोगले किन भन्दैन ? निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ ।’

निर्वाचनको तयारी गर्न अदालतको निर्णय कुर्नु नपर्ने बताउदै देउवाले यदि अदालतको निर्णय चुनाव नगराउने आयो भने (तयारी) बन्द गरे भइहाल्यो भन्दै उहाँले भन्नुभयोे, ‘निर्वाचन आयोगले जनतालाई भन्नुप¥यो, ६ महिनाभित्र चुनाव गराएरै छाड्छु ।’ कार्यतालिका किन प्रकाशित गर्दैन ? दलहरुलाई किन चुनाव चिन्ह दिँदैन निर्वाचन आयोगले ?’

नेकपाको झगडाले कांग्रेस पार्टी भित्र समेत असर गरेको बताउदै उहाँले भन्नुभयो कांग्रेसलाई नेकपाको झगडाको रमिता हेर्नु छैन ।
कांग्रेस सभापति देउवाले अघि भने, सूर्य चुनाव चिन्ह एउटै रहको भन्दै उहाँले प्रचण्डलाई दिने कि ओलीलाई दिने छिटो निर्णय गर्न आग्रह गर्नुभयोे । सूर्य चिन्ह नपाए ओलीले चुनाव नगराउने देउवाको आशंका छ ।

अदालतमा विचाराधीन मुद्दामा नेपाली कांग्रेसले यही गर भन्न नमिल्ने बताउदै उहाँले अदालतको निर्णय कांग्रेसले शिरोधार्य गर्ने बताउनुभयो ।
संसद पुनस्र्थापनाको बिषयमा पार्टीमा फरक फरक मत आएको भन्दै देउवाले कांग्रेस स्वतन्त्र न्यायपालिकाको पक्षमा रहेकोले अदालतमा विचाराधिन मुद्धामा अदालतलाई दवाव दिन नहुने विचार व्यक्त गर्नुभयोे ।
उहाँले भन्नुभयो, ‘अदालतले संसद् पुनस्र्थापना गर्छ भने पनि हामीलाई ठीक छ, चुनाव गर भन्छ भने पनि ठीक छ ।’
प्रतिनिधिसभा विघटन गरेको ६ महिनाभित्र चुनाव भइसक्नुपर्ने भन्दै सभापति देउवाले निर्वाचन आयोगले त्यसलाई बेवास्ता गरेको टिप्पणी गर्नुभयोे ।

कार्यक्रममा प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले केपी ओली नेतृत्वको सरकार बनेदेखिनै संविधानमाथि निरन्तर प्रहार गर्दै आएको भन्दै प्रधानमन्त्री ओलीले सबैभन्दा पहिले मिडियामाथि आक्रमण गरेको आरोप लगाउनुभयो ।

संविधानको मर्म रभावना विपरित ओली सरकारले मिडिया विधेयक,मानव अधिकार विधेयक,सूरक्षा परिषद सम्बन्धी विधेयक,संवैधानीक परिषद सम्बन्धी अध्यादेश ल्याएर संविधानलाई सिध्याउने कार्यमा लागेकोे भन्दै खाँणले अब सिध्धिने पालो ओलीको भएको बताउनुभयो ।

नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको मात्रै विरोध गर्दै आएको भन्दै उहाँले लक्ष्मण रेखा नाघ्ने दुस्साहस गरे ओली सरकार र कम्युनिष्ट बिरुद्ध संघर्षमा उत्रिने चेतावनी दिनुभयो ।
प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले संसद विघटन र चुनावको विषयमा पार्टीका नेताहरुको फरक फरक धारणा सार्वजनिक हुदा कार्यकर्ताहरु र जनतामा निरासा छाएको भन्दै एउटै धारणा बनाएर जान नेतृत्वलाई आग्रह गर्नुभयोे ।

प्रधानमन्त्री ओलीलाई उनका भाटहरुले ढाटीरहेको भन्दै उहाँले आफ्ना भाटहरुको कुरा पत्याएर ओलीले मुलुकको सर्वाङ्ग विकास भएको भ्रममा परेको आरोप लगाउनुभयो ।

मुलुकको अवस्था कठिन अवस्थामा पुगेको भन्दै उहाँले प्रधानमन्त्री होसमा आउन प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभयोे ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रमोद यादव,प्रदेशसभा सदस्य रमा अर्याल,नेविसंघका केन्द्रीय उपसभापति मुक्ति पौडेल लगायतले आ आफ्नो भनाई राखेका थिए ।

You might also like