चितवनको विकासचोकमा दुई करोड लगानीमा पकेट डट वल्र्ड सञ्चालनमा
चितवन,४ फागुन ।
चितवनको भरतपुर महानगरपालिका–५ विकासचोकमा दुई करोड लगानीमा पकेट डट वल्र्ड नामक मोबाइल सो रुम सञ्चालनमा आएको छ ।
स्थानीय युवा व्यवसायी सुरेन्द्र श्रेष्ठको एकल लगानीमा मंगलबारदेखि पकेट डट वल्र्ड सञ्चालनमा आएको हो ।
उक्त मोबाइल पसलको भरतपूर महानगरपालिका–५ का वडा अध्यक्ष पदमपाणी सुवेदीले उद्घाटन गर्नुभयो ।
विश्व प्रसिद्ध ब्राण्डहरु एप्पल, सामसुङ, भिभो लगायतका कम्पनीका मोबाइल फोन र मोबाइल एक्सेसरिजका सामानहरु तथा मर्मत सेवा उपलब्ध गराउने उद्देश्यले पकेट डट वल्र्ड सञ्चालनमा ल्याएको सञ्चालक सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
पकेट डट वल्र्डमा सात जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
उद्घाटन कार्यक्रममा वडा अध्यक्ष सुवेदी, विकासचोक टोल विकास संस्थाका अध्यक्ष केशव पोखरेल, व्यवसायी कृष्णप्रसाद काफ्ले लगायतले उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्न सुझाव दिएका थिए ।