पेट्रोलियम पदार्थको मुल्य वृद्धिविरुद्ध माइतीघरमा थाल ठटाएर प्रदर्शन

काठमाडौं,५ माघ ।
एक सातामै पेट्रोलियम पदार्थको दुई पटक मुल्य वृद्धि गरेको भन्दै जनता समाज पार्टी (जसपा) निकट विद्यार्थीहरुले बुधबार काठमाण्डौको माइतीघर मण्डलामा थाल ठटाएर विरोध प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरुले थाल र चम्चा बजाउँदै प्रतिगामी सरकार मुर्दावाद, पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता गर लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

समाजवादी विद्यार्थी युनियनको आयोजनामा भएको विरोध प्रदर्शनमा सडकमा ग्यास सिलिन्डर राखेर सरकारको विरोध गरेका थिए ।

You might also like