२४ घण्टामा ९६ जनामा कोरोना संंक्रमण,तीन जनाको मृत्यु

काठमाण्डौ,६ माग ।
नेपालमा बिहिबार थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ५ सय ४१ जनाको पीसीआर परीक्षण गर्दा ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या दुई लाख ७३ हजार एक सय ६६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप एक सय ११ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

नेपालमा हालसम्म दुई लाख ६९ हजार पाँच सय पाँच जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना हालसम्म नेपालमा दुई हजार ५८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर एक हजार ६ सय तीन जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

You might also like