प्रदेश २ का प्रदेश प्रमुख पदमुक्त,नयाँ प्रदेश प्रमुखमा झा नियुक्त

काठमाडौं,७ फागुन ।
प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त हुनभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गर्नुभएका हो ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबारै प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्नुभएको थियो ।

मन्त्रिपरिषद्को सिफारिसमा परियारलाई शुक्रबार पदमुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम उनलाई पदमुक्त गरिएकोे राष्ट्रपति कार्यालयले जनाएको छ ।

परियार तत्कालीन नेकपा माओवादीका नेता हुनुहुथ्यो । वि.सं. २०६४ सालको संविधानसभा निर्वाचनमा उनी बाँकेबाट निर्वाचित हुनभएको थियो ।

You might also like