सर्वोच्चद्धारा संसद विघटन बदर, १३ दिनभित्रै बैठक बोलाउन सर्वोच्चको आदेश

काठमाडौं,११ फागुन ।
सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गर्नुभएको थियो । त्यसविरुद्ध सर्वोच्चमा १३ वटा रिट दर्ता भएका थिए ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपीशर्मा ओलीको निर्णय बदर गर्दै सर्वोच्च अदालतले १३ दिनभित्रै संसद बैठक बोलाउन पनि आदेश दिएको छ ।

संसद विघटनको विरोधमा नेकपा दाहाल–नेपाल समूह, कांग्रेस, जसपा लगायत पार्टीहरु सडक आन्दोलनमा उत्रिएका थिए भने नागरिक समाजले पनि असंवैधानिक कदम भन्दै चरणवद्ध आन्दोलन गर्दै आएका थिए ।

You might also like