नेपाल अर्को रुवाण्डा बन्न सक्छ— सुरेश आलेमगर
बुटवल १५ फागुन
नेपाल मगर संघका संस्थापक महासचिव सुरेश आलेमगरले उत्पीडित जाति–समुदाय मगरलाई अधिकारबाट वञ्चित गरे मुलुक रुवाण्डा बन्ने चेतावनी दिनुभएको छ ।
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपनि मगर जातिलाई अझै अधिकारबाट बन्चित गरिएको भन्दैं उहाँले रुवाण्डा बन्न नदिन आग्रह गर्नुभयो ।
नेपाल मगर संघ बुटवल उपमहानगर समितिले आज बुटवलमा आयोजना गरेको ३९ औं मगर एकता दिवस मुल समारोहलाई सम्बोधन गदैं आलेले सो चेतावनी दिनुभएको हो ।
उत्पीडित जाति–समुदायले अधिकार माग्नु जातिवादी होइन भन्दैं अधिकार नदिनु अतिवाद भएको आरोप लगाउंनुभयो ।
प्रदेशको नामाकरण गर्दा पुरानैं नाम राखिएको भन्दैं त्यो मगरलाई स्वीकार्य नभएको बताउंनुभयो ।
उहांले मगरहरुले पहिचानसहित अधिकार मागेको भन्दैं प्रदेश ५ को नाम मगरांत नभएसम्म आन्दोलन जारी राख्ने बताउंनुभयो ।
लुम्बिनी प्रदेश सभा सदस्य पुनमति ढेंगामगरले प्रदेश ५ को नामाकरण गर्दा मगर संसादहरुनैं चुकेको टिप्पणी गर्नभयो ।
शाहसिक महिला शपना रोकामगरले मगर संघले गरेको सम्मानले आफुलाई थप जिम्मेवार बनाएको बताउंनुभयो ।
संघका नगर अध्यक्ष थर्कबहादुर बारघरेको अध्यक्षता,सचिव हेमन्त बुढाथोकीको सञ्चालन तथा उपाध्यक्ष बसन्ती साठीघरेको स्वागतमा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी,नेपाली कांग्रेस बुटवल उपमहानगर समिति सभापति खेलराज पाण्डे,नेकपा बुटवलका अध्यक्ष बाबुराम पन्थी,राजमुपा लुम्बिनी प्रदेश सहसचिव चित्रप्रसाद गुरुङ,नेपाल मगर पूर्व सैनिक तथा प्रहरी संघका महासचिव भिमबहादुर राना,संघका प्रदेश सदस्य गोपालबहादुर चौहान,मगर संघका जिल्ला अध्यक्ष आनबहादुर सोती,जनजाति महासंघ,रुपन्देहीका अध्यक्ष शंकर गाहा लगायतले बोल्नुभएको थियो ।
दिवसका अवसरमा आयोजित र्यालीमा नेपाल मगर संघ बुटवल–७ प्रथम,बुटवल–८ द्धितीय,बुटवल–१० तृतीय र बुटवल–४ ले सान्त्वना स्थान हासिल गदैं क्रमशः१० हजार,सात हजार,पांच हजारर तीन हजार नगद पुरस्कार प्राप्त गरेका छन् भने कार्यक्रममा पूर्व नगर अध्यक्ष क्या.किशनबहादुर थापा,क्या.जनक थापा तथा गोपाल चौहानलाई सम्मान गरिएको थियो ।
यसअघि लुम्बिनी प्रादेशिक अस्पताल अगाडि बुटवलबाट