२५ बर्षकी श्रेया ज्ञवालीले २६ पटक रक्तदान

बुटवल, १६ फागुन ।
बुटवल अटो ईन्जिनीयरिङ एसोसीइसन बुटवलले आफनो रजत जयन्तीको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको उदघाटन गर्दै संस्थाका संस्थापक अध्यक्ष खडक बहादुर गौतमले बुटवल अटो ईन्जिनीयरिङ एसोसीइसनले बिभिन्न समयमा सामाजिक क्षेत्रमा क् काम गर्दै आएको बताउनु भयो । उहाँले रक्तदान कार्यक्रम गर्नु आफैमा राम्रो समाजसेवा भएको बताउदै अटो व्यवसायी आफनो हक अधिकारको लागि एक भएर अगाडि बढ्नु पर्ने कुरामा जोड दिनुभयो ।

यस अवसरमा २५ बर्षको उमेरमा रुपन्देही योगीकुटीकी श्रेया ज्ञवालीले २६ औ पटक रक्त दान गर्नुभयो । बिरामिहरुको जिवन बचाउन आफुले १८ बर्षको उमेर देखि रक्तदान गर्न थालेको ज्ञवालीले जानकारि दिनुभयो ।

कार्यक्रममा अटो व्यवसायी तथा बिभिन्न व्यक्तिहरुले रक्तदान गरेका थिए । यस अवसरमा संकलित १३५ प्वाईन्ट रगत बुटवल रक्तसञ्चार केन्द्र बुटवललाई हस्तान्त्रण गरेको कार्यक्रम संयोजक कृष्ण प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

सस्थाका अध्यक्ष बाबुलाल पाण्डेको सभापतित्वमा सम्पन कार्यक्रममा महासचिव तुल्सीराम न्यौपाने प्रेस सल्लाहकार दामोदर खनाल लगाएतले बोल्दै बुटवलमा रगतको अभावहुन नदिन यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।

You might also like