राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान

काठमाण्डौ,१७ फागुन ।
प्रतिनिधिसभाको हिउँदे अधिवेशन फागुन २३ गते बस्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको हिउँदे अधिवेशन अर्थात् आउँदो आइतवारका लागि आह्वान गर्नुभएको हो ।

मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले २३ गते दिउँसो चार बजेको लागि बैठक आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको ।

सर्वोच्च अदालतको आदेशअनुसार मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते संसद बैठक आह्वानको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

गएको पुस पाँच गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरे पनि सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटनको निर्णय बदर गरेर १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

You might also like