थप ७८ जनामा कोरोना संक्रमण, ७२ जना डिस्चार्ज

काठमाडौं,१८ फागुन ।
नेपालमा मंगलबार थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार १ सय २७ जनाको नमुना परीक्षण गर्दा ३३ महिला र ४५ जना पुरुष गरी ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोराना संक्रमितको संख्या २ लाख ७४ हजार २९४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ७२ जना कोरोना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म २ लाख ७० हजार ५४३ जना कोरोना संक्रमित निको भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९७४ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर कोही पनि संक्रमितको मृत्यु भएको छैन ।

नेपालमा हालसम्म २ हजार ७७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

You might also like