सैनामैनामा प्रथम मेयरकप ब्याड्मिन्टन प्रतियोगिता हुंदै

सैनामैना, १९ फागुन ।
सैनामैना नगरपालिकाको संरक्षकत्व तथा दुुधराक्ष युवा क्लब सैनामैनाको ब्यवस्थापनमा जिल्ला स्तरीय बि लेवलको खुल्ला प्रथम मेयरकप ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो ।

यहि फागुन २१ र २२ गते हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

जिल्ला भरिका खेलाडीहरुले सहभागिता रहने उक्त प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपिया नगद राशी,द्धितियले ३३ हजार ३सय ३३ र तृतियहुने दुई टिमले जनहि ११ हजार। १ सय ११ सहित शिल्ड,ट्रफि,प्रमाण पत्रसमेत प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ३० टिमको सहभागिता रहने खेल संयोजक तथा क्लबका सहसंयोजक पदम पाण्डले जानकारी दिनुभयो ।

प्रतियोगिता सम्पन्न गर्न ४ लाख १० हजार सम्म लाग्ने अनुमान गरिएको छ ।

सैनामैना ६ कलौनी स्थित कालमोचन मन्दीरको दुधराक्ष कोर्टमा प्रतियोगिता हुने जनाइएको छ ।

सोहि अवसरमा क्लबको जर्सि पनि सार्वजनिक गरिएको छ ।

खेलकुद क्षेत्रको श्रीबृद्धिका लागी ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्न लागीएको क्लबका अध्यक्ष विष्णु पाण्डेले बताउनुभयो ।

पत्रकार सम्मेलनमा सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्कीले अव आउने वर्ष देखि आफनै नगरभित्रको राष्ट्रिय स्तरको खेलमैदानमा प्रतियोगिता हुने दावि गर्नुभयो ।

नगरस्तरीय खेल समितिका लागी प्रारम्भीक चरणका छलफल सकिएको बताउदै मेयर कार्र्कीले चाडै नै समिति निर्माण गरि खेल क्षेत्रलाई ब्यवस्थीत बनाउन नगर लागीपरेको बताउनुभयो ।

यसैबीच सो क्लबले स्थापना गरेको अक्षयकोष बापतको रु.३० हजार रकम रामापुर माध्यमिक विद्याललाई हस्तान्त्रण गरेको छ । विगतमा क्लबले गरेको सास्कृति कार्यक्रमबाट रकम संकलन गरिएको क्लवले जनाएको छ ।

रामापुर विधालयमा अध्ययनरत विपन्न परिवारका विधार्थीहरुलाई शैक्षिक सामाग्री तथा पोशाकमा उक्त रकम खर्च गरिने विद्यालयका प्रधानाध्यापक कृष्ण पौडेलले बताउनुभयो ।

दुधराक्ष युवा क्लबका अध्यक्ष विष्णु पाण्डेको अध्यक्षता र सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष किरण पोख्रेल, सह सचिब पदम पाण्डे लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो ।

You might also like