बुधबार थप ६७ जनामा कोरोना संक्रमण

काठमाण्डौ,१९ फागुन ।
नेपालमा बुधबार थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर तीन हजार तीन सय ९९ जनाको पीसीआर परीक्षण भएकोमा ६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

आज थपिएकामध्ये काठमाण्डौ उपत्यकाका मात्रै ५६ जना रहेका छन् । काठमाण्डौमा ३९, ललितपुरमा १४ र भक्तपुरमा ३ जनालाई कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा ६२ जना कोरोनामुक्त भएका छन् । अहिले नेपालमा सात सय ६६ जना संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ४२ जना आईसीयू र नौ जनाको उपचार भेन्टिलेटरमा भइरहको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like