रुपन्देहीको तिलोत्तमामा नेपालकै पहिलो ओलम्पिक स्टाण्डरको स्पोर्ट्स पार्क बन्दै
१६ अर्बको लागतमा बन्ने पार्कमा ६० हजार दर्शक अटाउने
बुटवल,२० फागुन ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा ६० हजार दर्शक क्षमताको अन्तराष्ट्रिय स्टान्डरको स्पोर्ट्स पार्क वन्ने भएको छ ।
स्पोर्ट्स पार्कमा साफमा खेलाईने सबै खेल एकै साथ खेलाउन सकिने छ । नेपालमै पहिलो र नमूनाका रुपमा लिइएको स्पोर्ट्स पार्क निर्माण सम्पन्न भएसंगै खेलकुद पर्यटनको विकास हुने अपेक्षा लिईएको छ ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडी सारिएको तिलोत्तमाको तिनाउ तटीय क्षेत्रमानिर्माण गरिने स्र्पोटस पार्क निर्माण सम्पन्नगर्न १६ अर्ब रुपैयाँलाग्ने भएको छ ।
स्पोर्ट्स पार्कको गुरु योजनाविहिवार अर्थमन्त्री विष्णु पौडेलको उपस्थितीमा सार्वजनिकगरिएको हो ।
कुल ६५ विगाहा क्षेत्रफलमा निर्माण हुने स्पोर्ट्स पार्कमा आधुनिक र प्रविधीयुक्त शैलीका कभर्डहल र स्टेडिएम निर्माण गरिने भएको छ । स्पोर्ट्स पार्कमा साफमा खेलिने कुल २८ प्रकारका खेल मध्ये गल्फ र वोटिङ्ग वाहेकका २६ प्रकारका खेल एकैसाथ खेल्न सकिने छ ।
राती र दिउँसो जुनसुकै समयमा पनि खेल्न मिल्ने गरि निर्माण हुनथालेको स्पोर्ट्स पार्कमा फुटवल, क्रिकेट, व्याडमिन्टन, एथ्लेटिक्स, आर्चरी, वास्केटवल, बक्सीङ्ग साईकिलिङ्ग, डाईभिङ, फिसिङ्ग, फिल्ड हकी, भलिवल, जुडो, हेन्डवल, कवड्डी, कराँते, खोखो खेल्न सकिने छ । त्यस्तै सटिङ्ग स्वीमिङ्ग , एकास ,टेवलटेनिस, तेक्वान्डो ,लन टेनिस ,टेनिस ,रेसलिङ्ग , उसु वेटलिफ्टिङ्ग ,टीटी लगाएतका खेल खेल्न सकिने जनाइएको छ ।
स्पोर्ट्स पार्कको गुरुयोजना क्राउन डिजाइन एण्ड रिचर्स सेन्टर ललितपुरले तयार गरेको ईन्जिनियर सुनिल लम्सालले सार्वजनिक गर्नुभयोे ।
भैरहवामा िनर्माण सम्पन्न हुदै गरेकोे अन्तराष्ट्रिय विमानस्थल, स्टार लेभलका होटल, पर्याप्तजग्गा र मुलुककै मध्यभागमा रहेको रुपन्देहीको तिलोत्तमानगर क्षेत्र स्पोर्ट्स पार्ककालागि उपयुक्त मानिएको छ ।
२ सय महिला ४ सय पुरुषगरि ६ सय विभिन्न खेलकुदका विद्यार्थीलाई आवासीय रुपमा राख्न सकिने गरि एकेडेमीको पनि निर्माण हुने भएको छ ।
१० हजार सवारी साधन पार्कीङ गर्न मिल्ने गरि गुरु योजना बनाएको तिलोत्तमा स्र्पोटस पार्क निर्माण समितिका अध्यक्ष दीपक पाठकले बताउनु भयो ।
स्र्पोटस पार्क तिनाउनदी तटिय क्षेत्रमानिर्माण गर्न लागिएकोले वाढीको खतरा भने कायमै रहेकोले नदी तटिय क्षेत्रमा रिटेनिङ वाललगाउन जरुरी रहेको इन्जिनियर सुनिललम्सालले बताउनु भयो ।
गुरुयोजना सार्वजनिक कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले निकै महत्वपूर्ण आयोजना सम्पन्नगर्न लाग्ने रकमको सवालमा सरकार गम्भिर हुने धारणा राख्नु भयो ।
अर्थमन्त्री पौडेलले वजेटको अभावहुन नदिने र समयमै निर्माण हुने गरि आयोजनामा जुटन आह्वान समेत गर्नु भयो ।
यो आयोजनाको प्रतिफल रुपन्देहीले मात्र नभई राष्ट्रले नै प्राप्तगर्ने भन्दै अर्थमन्त्री पौडेलले निर्माण सम्पन्न गर्ने दायित्व लिने बताउनु भयो ।
१० वर्षमा निर्माण सम्पन्नगर्ने गरि गुरुयोजना तयार गरिएको पार्क निर्माणका लागि आबश्यक पर्ने आर्थिक रकम सरकार र स्थानियतहले व्यवस्थापनगरी समयमै निर्माण गर्न सके रुपन्देहीको मात्र नभई नेपालकै खेलकुद क्षेत्रको विकासकालागि पार्क कोशेढुंगा सावितहुने छ ।