ढुवानी ब्यवसायीका नवनिर्वाचित कार्यसमितिलाई सम्मान

बुटवल, २० फागुन
पश्चिमान्चल यातायात ब्यवसायी समितिले ढुवानी ब्यवसायी समिति रुपन्देहीका नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ ।

विहिबार एक कार्यक्रमका बिच समितिका अध्यक्ष यम प्रसाद पाण्डे, नेपाल यातायात ब्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेल, जित बहादुर भाट, माधव नेपाल, समितिका वरिष्ठ उपाध्यक्ष प्रताप बहादुर कार्कीले नवनिर्वाचित कार्यसमितिलाई खादा र अबिर लगाएर सम्मान गर्नुभएको हो ।

सो अवसरमा समितिका अध्यक्ष यम प्रसाद पाण्डेले सम्मानको संस्कार र संस्कृतिको विकास गर्न सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

ढुवानी व्यवसायी र समितिबीच यसअघि हुदै आएको सहकार्यलाई सम्मानले आगामि दिनमा थप मजबुद बनाउने विश्वास व्यक्त गर्नुभयो ।

पछिल्लो समय सरकारबाट लगातार पेट्रोलियम पदार्थको मुल्यवृद्घि गर्दा आफुहरुको ब्यवसाय संकटमा परेको भन्दै उहाँले धेरै समस्याबाट जुधिरहेका बेला आफुहरुको पीडामा सरकारले मल्हम लगाउने आशा नै हराएको गुनासो गर्नुभयो ।

कार्यक्रममा ढुवानी व्यवसायी समितिको अध्यक्षमा श्यामराज हमाल ठकुरीले दुई संस्था एकअर्काको पुरक भएको भन्दै ब्यवसायिक हितका लागि एक भएर अगाडी बढ्ने प्रतिवद्घता जनाउनुभयो ।

हालै सम्पन्न ढुवानी समितिको अधिवेसनबाट नवनिर्वाचित अध्यक्षमा श्यामराज हमाल ठकुरीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष अनिल श्रेष्ठ, प्रथम उपाध्यक्ष रामकाजी क्षेत्री, द्घितिय उपाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, महासचिव रामप्रसाद गैरे, सचिव गोबिन्द श्रेष्ठ, कोषाध्यक्ष शंकर कोईराला, सदस्य रामनारायण ठाकुर, कमलराज ढुगाना, माधव प्रसाद आचार्य, उज्जल केसी निर्वाचित हुनुभएको थियो ।

You might also like