एभरेष्ट डोर इन्डष्ट्रिजमा आगलागी ९ करोड बढीको क्षती

बुटवल, २१ फागुन ।
रुपन्देहीको सुदोधन गाउँपालिका ३ मा संचालित यस क्षेत्रकै ठुलो एभरेष्ट डोर इन्डष्ट्रिज प्रालि र के इन्टरनेशनलमा आगलागीहुदाँ करोडौ मुल्य वरावरको सामान जलेर क्षती भएको छ ।

आजविहान ५ वजेको समयमा उद्योगमा लागेको आगो ५ वटा दमकलको सहयोगमा ५ घण्टा पछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

विगत ३ वर्ष देखि संचालनमा रहेको उक्त उद्योगमा तयारी अवस्थामा रहेका सामान र कच्चापदाथर्, मेशिनऔजार पूर्ण रुपमा जलेको र प्रारम्भिक तथ्याक अनुसार ९ करोड बढीको क्षती भएको उद्योगका संचालक सूर्य प्रसाद खनालले बताउनु भयो ।

६५ जना कामदारलाई रोजगारी दिएको उक्त उद्योगले उत्पादन गरेका सामान काठमाडौ ,पोखरा, चितवन, दाङ, परासी, कपिलवस्तु ,रुपन्देही लगायत देशका प्रमुख शहरमा विक्री हुने गरेको संचालक खनालले बताउनु भयो । विद्युत सटभएर आगलागी भएको हुनसक्ने प्रहरीको आशंका छ ।

You might also like