मुनाफा दिन नसके जिम्मेवारीवाट बाहिरिन्छु –नेपाल हाईड्रो अध्यक्ष श्रेष्ठ

बुटवल, २१ फागुन ।
बुटवलमा केन्द्रिय कार्यालय रहेको नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडको साधारण सभामा वोल्ने संचालक समितिका पदाधिकारीले आगामीवर्ष मुनाफा खुवाउन नसके जिम्मेवारीवाट वाहिरिने प्रतिवद्धता जनाएका छन ।

शुक्रवार बुटवलमा भएको आर्थिक वर्ष २०७५÷०७६ र २०७६÷०७७ को १५ र १६औ वार्षिक साधारण सभामा सहभागि संचालकहरुले आर्थिक वर्ष २०७४÷०७५ देखि लगातार घाटामा गएको नेपाल हाइड्रो चालु आर्थिक वर्ष २०७६÷०७७ मा सामान्य मुनाफा कमाउन सफलभएको औल्याएका छन ।

व्यवस्थापन समितिको कमजोरीले कम्पनी घाटामा गएको भन्दै संचालकहरुले नेपाल हाइड्रोका अध्यक्ष रत्नसंसार श्रेष्ठलाई अगामी आर्थिक वर्षमा मुनाफा वाडन नसके बर्खास्तगर्ने चेतावनी दिएपछि अध्यक्ष श्रेष्ठले उक्त प्रतिवद्धता जनाउनुभएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७४÷०७५ मा २ करोड ९५ लाख, आर्थिक वर्ष २०७५÷०७६मा ३ करोड १६ लाख घाटा भएको कम्पनीका फाइनान्स म्यानेजर रवि श्रेष्ठले बताउनु भयो ।
त्यस्तै कम्पनीले आर्थिक वर्ष २०७६÷०७७मा २० लाख नाफा कमाएको पनि उहाँले बताउनु भयो ।

साधारण सभामा बुटवल पावर कम्पनीको तर्फवाट संचालक रहनु भएका विजयबहादुर श्रेष्ठ र दिनेश हुमागाईले अध्यक्ष रत्न संसार श्रेष्ठलाई कुशल व्यवस्थापनगर्न नसकेको भन्दै पद छाडन आग्रह गर्दै आउनु भएको थियो ।

आगामीवर्ष मुनाफा बाड्न नसके अध्यक्ष पदवाट राजीनामा दिन तयार रहने र संचालकहरुले पनि जिम्मेवारी छोडनु पर्ने संचालकहरुले जोडदार रुपमा कुरा उठाएका थिए ।

नेपाल हाइड्रोमा विवादका कारण विगत २ वर्ष देखि हुन नसकेको साधारण सभा शुक्रवार एकैसाथ सम्पन्न भएको हो ।

साधारण सभाले आर्थिक वर्ष २०७५÷०७६ र आर्थिक वर्ष २०७६÷०७७ को संचालक समितिको प्रतिवेदन पारित गरेको छ ।

त्यस्तै साधारण सभाले २०७७÷०७८ को लागि एन अमात्य एण्ड कम्पनीलाई लेखा परिक्षक नियुक्ति गरेको कम्पनी सचिवहोम बहादुर राउतले बताउनु भयो ।

You might also like