देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालय डीन कार्यालय सञ्चालन

शिक्षामा अनुसन्धानका बहुविषयमा विश्वस्तरमा चिनिने विश्वविद्यालय बनाउन अर्थमन्त्री पौडेलको जोड

बुटवल २१ फागुन

बुद्ध मावली देवदहमालुम्बिनीबौद्ध विश्वविद्यालय डीन कार्यालय सञ्चालनमा ल्याएको छ । नया शैक्षिक सत्रदेखि तीन वटा देवदहबाट सञ्चालनगर्ने योजनासहित डीन कार्यालय खोलेको हो ।
सरकारले विश्वविद्यालयकालागि देवदहमाकरिव ९० विगाहाजमिनउपलब्ध गराउने निर्णय गरेको छ ।

सोहीजग्गामा पूर्वाधार निर्माणको काम समेत थालनी प्रक्रियामा पुगेको छ ।

शुक्रबार स्कुलअफ डेभलपमेन्ट स्टडिज एण्ड एप्लाइड साइन्सको डीन कार्यालय देवदहमाखुलेको हो ।

देवदहमाविश्वविद्यालयले नयाँपूर्वाधार निर्माण गर्ने योजनाबनाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार एक कार्यक्रमकाबीच डीन कार्यालयको उद्घाटन र नयाँपूर्वाधार निर्माण स्थलको अवलोकनगर्नु भयो् ।

सो अवसरमाबोल्दै अर्थमन्त्री पौडेलले बौद्ध विश्वविद्यालयलाई विश्वस्तरमा चिनिने बनाउनुपर्ने बताउनु भयो । ‘बौद्ध क्षेत्र, शिक्षामा अनुसन्धान सहित बहुविषयमा विश्वस्तरमा चिनिने विश्वविद्यालय बनाउनुपर्छ, उहाँले भन्नु भयोे । विश्वविद्यालको विकासकालागि सरकारले लगानीगर्ने समेत अर्थमन्त्रीपौडेलले बताउनु भयो ।

सो अवसरमाबोल्दै प्रतिनिधिसभाका सांसद छबिलाल विश्वकर्माले निकै मेहनतले देवदहमाविश्वविद्यालयले जग्गाप्राप्ती गरेको भन्दै अव यसको पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने बताउनु भयो ।
विश्वविद्यालयले चालु शैक्षिक सत्रबाट एग्रो फोरेष्ट्र, इन्भाइरन्मेन्ट र डेभलपमेन्ट स्टडिजका स्नातकोत्तर कक्षा देवदहवाट संचालनगर्ने उपकुलपति डा. हृदयरत्न बज्राचार्यले जानकारी दिनु भयो ।

You might also like