बुटवलमा आइतबारदेखि ‘महान सत्संग समारोह’ हुने

बुटवल,२२ फागुन ।
बुटवलमा आइतबारदेखि ‘महान सत्संग समारोह’ हुने भएको छ ।

आयोजक नेपाल मानव धर्म सेवा समिति बुटवलले शनिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको तयारी बारे जानकारी गराएको हो ।

करिब ६ हजार भक्तजनको सहभागिता रहने दुई दिने सत्संगमा बिभिन्न तिर्थस्थलमा तपसाधना गरेका ब्रह्मचारी,ब्रह्मज्ञानी सन्तमाहात्माहरुले ज्ञान–विज्ञानयुक्त सत्संग प्रवचन तथा सांगितिक प्रस्तुती हुने नेपाल मानव धर्म सेवा समिति लुम्बिनी क्षेत्रका अध्यक्ष चेतनारायण गौतमले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा नेपाल मानव धर्म सेवा समितिका पूर्व अध्यक्ष ठाकुर प्रसाद पौडेल, नेपाल मानव धर्म सेवा समितिका केन्द्रीय प्रभारी चमेली वाइजी,लुम्बिनी क्षेत्र प्रभारी चादनी वाइजी,युवा समिति संयोजक उत्तम गिरी,प्रकाश गिरी लगायतले सत्संगको महत्व र कार्यक्रमको उदेश्यबारे प्रकास पार्नुभएको थियो ।

कार्यक्रममा नेपाल मानव धर्म सेवा समितिका केन्द्रीय प्रभारी चमेली वाइजीले आध्यात्म तथा धर्म पुजा पाठ गर्नु मात्रै नभएर अनुभुती गर्ने बिषय भएको बताउनुभयो ।

आफुले आफैलाई चिन्न नसकेर मानिशहरु गलत बाटोमा लागेको भन्दै उहाँले सबैभन्दा पहिले आफुले आफैलाई चिन्ने प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।

You might also like