पहिचान र राष्ट्रको विकासका लागि जनगणना महत्वपूर्ण–डा ओम गुरुङ

बुटवल २२ फागुन
नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव डा. ओम गुरुङले पहिचान र राष्ट्रको विकासका लागि जनगणना महत्वपूर्ण हुंने बताउंनुभएको छ ।

राज्यले जनसख्याकै आधारमा बजेट विनियोजन र त्योजातिको पहिचान सुनिश्चतगर्ने भएकाले गुरुङ समुदाय जनगणनाबाट छुट्न नहुंनेमाउहांले जोड दिनुभयो ।

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् लुम्बिनीप्रदेश समितिले आज बुटवलमा आयोजना गरेको राष्ट्रिय जनगणना–ं०७८ विषयकअन्तरक्रियाकार्यक्रममाबोल्दैं गुरुङले गुरुङ समुदायले जनगणनाबाट छुटेर आफ्नोपहिचान मेट्ने कामगर्न नहुंने बताउंनुभयो ।

जनगणनाकै आधारमादशवर्षसम्म राज्यले नीति–निर्माण,जातीय सहभागिता र विकासकाकामगर्ने भएकाले जनगणनाको बेलामाचनाखो बन्नउहांले आग्रहगर्नुभयो ।
परिषद्का केन्द्रीयअध्यक्ष रेशम गुरुङले गुरुङ समुदायचनाखो नहुंदा राज्यले गरेको जनगणना सहीआउंननसकेको गुनासो गर्नुभयो ।

गुरुङको सहीतथ्याङकल्याउनकालागिअवहुंने जनगणनामा परिषद्ले देशभर परिचालनगर्नका लागि केन्द्रीय स्तरीय समिति गठन गरिएको बताउंनुभयो ।

परिषद् सबै गुरुङहरुको साझा संगठन भएकाले संगठनमा भएकाव्यक्तिकुनैं पार्टीको भरौटे बन्ननहुंनेमाउहांले जोड दिनुभयो ।वरिष्ठ समाजसेवी शेरबहादुर गुरुङले जनगणनामा सबै गुरुङहरु एकजुट भएर लाग्नुपर्ने बताउंनुभयो ।

उहांले गुरुङको आफ्नैं पहिचानभएकाले राज्यले त्यही रुपमा सम्मानगर्न आग्रहगर्नुभयो । प्राध्यापक डा.योगेन्द्र गुरुङले यसपटकको जनगणना समावेशी र सहभागीमुलकहुंने भन्दैं नछुट्न गुरुङ समुदायलाई आग्रहगर्नुभयो ।

उहांले आदिवासीजनजातिहिन्दु धर्म अन्तरगतनपर्ने भन्दैं गुरुङ समुदायले धर्ममाबौद्ध या वोन र मातृभाषामा गुरुङ लेख्न निर्देशनदिनुभयो ।

परिषद्का वरिष्ठ उपाध्यक्ष कर्णबहादुर गुरुङले जनगणनामा गुरुङ आफै सचेत हुंनुपर्ने भन्दैं गणकलाई जिम्मेवारी दिननहुंने बताउंनुभयो । महासचिव सुर्यबहादुर गुरुङले गुरुङहरु चनाखो नहुंदा ०५८ सालभन्दा ०६८ सालकोे जनगणनामा गुरुङको जनसख्या घटेको स्मरण गर्नुभयो ।

परिषद्का प्रदेश अध्यक्षखुमबहादुर गुरुङको अध्यक्षता,सचिवलालबहादुर गुरुङको सञ्चालन तथा रुपन्देहीकी अध्यक्षबिमला गुरुङको स्वागतमा सम्पन्नभएको कार्यक्रममा परिषद्का सहमहासचिव डम्बर गुरुङले पनिबोल्नुभएको थियो ।

बुटवल–१० महाज्ञान बौद्धबिहार विस्क्याम्पमाभएको कार्यक्रममालुम्बिनीप्रदेश समितिअन्तरगतका जिल्लाहरुबाट गुरुङअगुवाहरुको सहभागिता रहेको थियो । सरकारले हरेक दशवर्षमागरिदैं आएको जनगणना ०७८ साल जेष्ठ २५ देखि असार ८ गतेसम्म हुदैंछ ।

You might also like