राष्ट्रिय दलित पत्रकार संघको प्रथम राष्ट्रिय महाधिवेशन फागुन २८ देखि बुटवलमा हुने

बुटवल,२५ फागुन ।
राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशन बुटवलमा हुने भएको छ ।

फागुन २८,२९ र चैत १ गते बुटवलमा हुने महाधिवेशनको पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले जानकारी दिनुभयो ।

संघले आज बुटवलमा पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारी बारे जानकारी गराएको हो ।

महाधिवेशनमा आमसन्चार र समावेशीताको सवाल, “मिडियामा महिलाः दलित महिला ” र दलित आन्दोलन युवा र आमसन्चार बिषयमा कार्यशाला गोष्ठी हुनेछ ।

देशभरका करिव ४ सय पत्रकारको सहभागिता रहने उक्त महाधिवेशनमा टिआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, देवव्रत परियार स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, परशु सवरी पत्रकारिता पुरस्कार, राममाया च्यामे लोक पुरस्कार र लेखनवृतीसमेत वितरण गरिने तयारी भएको महाधिवेशन तयारी सचिवालय सदस्य बिनोद परियारले जानकारी दिनुभयो ।

You might also like