सिद्धार्थ सिर्जनशील समाज र युनिक मुभिजद्धारा पत्रकार भुसाल सहितका श्रष्टाहरु सम्मानित

बुटवल,१ चैत ।
वृद्ध असहाय अनाथ सहयोगार्थ बिबिध कार्यक्रम गर्दै आएको सिद्धार्थ सिर्जनशील समाज एवं युनिक मुभिजको आयोजनामा शनिबार श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कलाकार बावुराम घिमिरेको अध्यक्षता र संविधानसभा सदस्य इस्तीयाक खानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गायन तर्फबाट लोक गायक दिपक दर्लामी, पत्रकारिताबाट राज्य टेलिभिजनका समाचार प्रमुख यमलाल भुसाल, सामजिक ब्यतित्वबाट हरिहर श्रेष्ठ, चलचित्र क्षेत्रबाट सुमन थापालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संविधानसभा सदस्य इस्तीयाक खानले कलाकार र कलाकारीताले समाजमा व्याप्त नकारात्मक भावना हटाउन अतिनै सहयोग गरेको औल्याउदै यस्ता कार्यक्रम आगामि दिनमा पनि संचाला गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा बिभिन्न कलाकार हरुको प्रस्तुति रहेको थियो ।

You might also like